गृहपृष्ठ Featured १२ वर्षपछि घरेलु टेस्ट सिरिजमा भारतको हार

१२ वर्षपछि घरेलु टेस्ट सिरिजमा भारतको हार

भारत घरेलु टेस्ट सिरिजमा १२ वर्षपछि पराजित भएको छ । भारतलाई उसकै घरमा न्युजिल्यान्डले टेस्ट सिरिजमा पराजित गरेको हो । भारतमा न्युजिल्यान्डको यो पहिलो सिरिज जित पनि हो ।

शनिबार भारतको पुर्णेमा टेस्टको तेस्रो दिनमै न्युजिल्यान्ड भारतमाथि ११३ रनको जित हात पारेसँगै तीन टेस्टको सिरिजमा न्युजिल्यान्डले २–०ले अगाडि रहँदै सिरिज विजेता बनेको हो ।

पुर्णेमा भएको टेस्टमा न्युजिल्यान्डले पहिला ब्याटिङ गर्दै पहिलो इनिङमा २५९ रन बनाएको थियो । जवाफमा भारत पहिलो इनिङमा मात्र १५६ रनमा अलआउट भयो । यसरी पहिलो इनिङमा १०३ रनले पछाडि परेको भारतलाई न्युजिल्यान्डले दोस्रो इनिङमा २५५ रन बनाएपछि समग्रमा ३५९ रनको लक्ष्य दिइएको थियो । तर, भारत तेस्रो दिन २४५ रन बनाउँदा अलआउट भयो ।

न्युजिल्यान्डलाई भारतीय भूमिमा पहिलो सिरिज दिलाउने क्रममा न्युजिल्यान्डका स्पीन्र मिचेल सेन्टेनरले पहिलो इनिङमा ७ र दोस्रो इनिङमा ६ विकेट लिए । समग्र १३ विकेट लिएका उनी म्यान अफ द प्लेयर पनि बने । भारतका लागि यशश्वी जयसवालबाहेक कसैले राम्रो ब्याटिङ गर्न सकेनन् । उनले दोस्रो इनिङमा ७७ र पहिलो इनिङमा ३० रन बनाएका थिए ।

भारतीय कप्तान रोहित पौडेल, विराट कोहली जस्ता विश्वस्तरीय ब्याटर दुवै इनिङमा फेल भए । जसका कारण एक टेस्ट बाँकी रहँदै भारत सिरिज हार्न बाध्य भयो ।

भारतको हारपछि भारतीय क्रिकेट सर्मथकहरु कप्तान रोहित शर्मा र विराट कोहलीमाथि खनिएका छन् । भारतीय क्रिकेट प्रेमीले घरेलु सिरिजमा भएको यो हारलाई सहज रुपमा लिएका छैनन् । साथै यो हारपछि टेस्ट विश्वकप च्याम्पियन सिपको फाइनलमा पुग्ने भारतको लक्ष्यमा पनि धक्का लागेको छ ।

सम्बन्धित् समाचार