गृहपृष्ठ Featured कपिलवस्तु जिल्ला फुटबल लिग : जनमिलन सुर्योदयसंग २-० गोलले पराजित

कपिलवस्तु जिल्ला फुटबल लिग : जनमिलन सुर्योदयसंग २-० गोलले पराजित

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा रहेको बुद्धरंगशालामा कपिलवस्तु जिल्ला फुटबल लिग जारी छ । लिगको पाँचौ दिन आईतबार ३ खेल भएका छन् । कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा उक्त लिग बुधबारबाट सुरु भएको थियो ।

आईतबार भएको पहिलो खेलमा ३–० गोलअन्तरले राईजिङ स्टार युवा क्लव विजयी भएको छ ।

राईजिङले जनप्रेमी युवा क्लवलाई हराएको हो । यो खेलमा राईजिङका प्रकाश चाउ ‘म्यान अफ दि म्याच’ घोषित भए ।

दोस्रो खेलमा बाणगंगा वेलफेयर सोसाईटी विजयी भएको छ । वेलफेयरले शान्तिदिप युवा क्लवलाई १–० गोल अन्तरले हराएको हो । यस खेलमा वेलफेयरका निकेश क्षेत्री ‘म्यान अफ दि म्याच’ घोषित भए ।

यस्तै आईतबार भएको अन्तिम अर्थात तेस्रो खेलमा सुर्योदय युवा क्लव विजयी भएको छ । सुर्योदयले जनमिलन स्पोर्टस क्लवलाई २–० गोल अन्तरले हराएको हो । यस खेलमा सुर्योदयका सुनिल ‘राना म्यान अफ दि म्याच’ घोषित भए ।

सोमबार पनि ३ खेल हुने आयोजकले जनाएको छ । संघका अध्यक्ष तिलक थापाका अनुसार पहिलो खेलमा बिहान ८ बजे सुर्योदय युवा क्लव र शान्तिदिप युवा क्लव, दोस्रो खेलमा दिउँसो १ बजे राईजिङ स्टार युवा क्लव र नवक्षितिज युवा क्लव तथा तेस्रो खेलमा दिउँसो ३ बजे जनमिलन स्पोर्टस क्लव र गोल्डेन स्टार युवा क्लव एकआपसमा भिड्ने छन् ।

यस्तै शान्ति सिर्जना क्लव लिगको सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ भने अन्य ३ टोलीको टुङ्गो लाग्न बाँकी छ ।

१० टोलीको सहभागिता रहेको यो लिग खेल कार्तिक १६ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार