गृहपृष्ठ Featured कपिलवस्तु जिल्ला फुटबल लिग : राईजिङ स्टारमाथि नवक्षितिजको सहज जित

कपिलवस्तु जिल्ला फुटबल लिग : राईजिङ स्टारमाथि नवक्षितिजको सहज जित

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा रहेको बुद्धरंगशालामा कपिलवस्तु जिल्ला फुटबल लिग जारी छ । लिगको छठौं दिन सोमबार ३ खेल सम्पन्न भएका छन् । कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा उक्त लिग बुधबारबाट सुरु भएको थियो ।

सोमबार भएको पहिलो खेलमा सुर्योदय युवा क्लव शान्तिदिप युवा क्लवसंग बराबरीमा रोकिएको छ । दुबै टोली ३–३ गोलमा रोकिएका हुन् । यो खेलमा सुर्योदयका राजु चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए ।

दोस्रो खेलमा राईजिङ स्टार युवा क्लवलाई नवक्षितिज युवा क्लवले सहजै पराजित गरेको छ ।

नवक्षितिजले राईजिङलाई २–० गोल अन्तरले हराएको हो । यस खेलमा नवक्षितिजका प्रकाश विक ‘म्यान अफ दि म्याच’ घोषित भए ।

यस्तै सोमबार भएको अन्तिम अर्थात तेस्रो खेलमा गोल्डेन स्टार युवा क्लव विजयी भएको छ । गोल्डेनले जनमिलन स्पोर्टस क्लवलाई ७–१ गोल अन्तरले हराएको हो । यस खेलमा गोल्डेनका अशोक रायमाझी ‘म्यान अफ दि म्याच’ घोषित भए ।

मंगलबार पनि ३ खेल हुने आयोजकले जनाएको छ । संघका अध्यक्ष तिलक थापाका अनुसार पहिलो खेलमा बिहान ८ बजे नवक्षितिज युवा क्लव र जनप्रेमी युवा क्लव, दोस्रो खेलमा दिउँसो १ बजे गोल्डेन स्टार युवा क्लव र शान्तिदिप युवा क्लव तथा तेस्रो खेलमा दिउँसो ३ बजे मुहान एफसी र राईजिङ स्टार युवा क्लव एकआपसमा भिड्ने छन् ।

हालसम्म शान्ति सिर्जना क्लव मात्र लिगको सेमिफाईनलमा प्रवेश गरेको छ भने अन्य टोलीको सेमिफाईनल यात्रा अन्य टोलीको खेलमा निर्भर छ । लिगको पहिलो सेमिफाईनल खेल बुधबार ३ बजे हुने छ ।

१० टोलीको सहभागिता रहेको यो लिग खेल कार्तिक १६ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार