गृहपृष्ठ Featured लिभरपुलले एस्टन भिल्लालाई हरायो

लिभरपुलले एस्टन भिल्लालाई हरायो

काठमाडौं ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार राति एस्टन भिल्लालाई २-० ले पराजित गरेको छ ।

यस जितले लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ । लिभरपुलले जित निकाल्नुअघि सिटी ब्राइटनसँग पराजित भएको थियो । त्यसको फाइदा लिभरपुलले उठायो ।

घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डार्विन नुनेजले २०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । नुनेजलाई मोहमद सालाहले असिस्ट गरेका थिए ।

सालाहले नै ८४औं मिनेटमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितपछि लिग लिडर लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ । समान खेलबाट २३ अंकसहित सिटी दोस्रो स्थानमा छ । पराजित एस्टन भिल्ला १८ अंकसहित आठौं स्थानमा छ ।

सम्बन्धित् समाचार