गृहपृष्ठ Featured आर्सनल र चेल्सी बराबरीमा रोकिए

आर्सनल र चेल्सी बराबरीमा रोकिए

इङ्लिस प्रिमियर लिगअन्तर्गत चेल्सी र आर्सनल बराबरीमा रोकिएका छन् । गए राति भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टिमले एक/एक गोल गरे । खेलको ६०औँ मिनेटमा आर्सनलका लागि गाब्रियल मार्टिनेलले अग्रता दिलाए । तर, ७० औँ मिनेटमा चेल्सीका पेड्रो नेटोलो बराबरी गोल फर्काए । यससँगै दुवै टोलीले अंक बाँडेका हुन् ।

उता अर्को खेलमा लिसेस्टर सिटीलाई म्यानचेस्टर युनाइटेडले ३-० ले स्तब्ध पार्‍यो । म्यानचेस्टरका लागि १७औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरे भने ८२औँ मिनेटमा अलेजान्द्रो गरिन्चोले गोल गरे । खेलको ३८औँ मिनेटमा म्यानचेस्टरले एक आत्मघाती गोल उपहार पाएको थियो ।

त्यस्तै लिगअन्तर्गत नै टोटनहामलाई इप्सबीच टाउनले २-१ ले पराजित गर्दा न्युकासलसँग नोटम फरेस्ट ३-१ ले पराजित भयो ।

सम्बन्धित् समाचार