स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अंकतालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोना गए राति रियल सोसिडाडसँग स्तब्ध भएको छ । गए राति भएको खेलमा रियल सोसिडाड बार्सिलोनाविरुद्ध १-० ले विजयी भयो ।
खेलको ३३औँ मिनेटमा सोसिडाडका सेराल्डो बेकरले गरेको गोल नै निर्णायक बन्दा बार्सिलोना पराजित हुन पुगेको हो । लिगको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो पराजय हो । १३ खेल खेलेको बार्सिलोना यसअघि ओसासुनासँग ४-२ ले पराजित भएको थियो ।
त्यस्तै अर्को खेलमा मालोर्कालाई एट्लेटिको मड्रिडले १-० ले पराजित गर्यो भने गेटाफेविरुद्ध जिरोनाले १-० को जित निकाल्यो । उता एथलेटिक क्लब र भालाडोलिडले भने १-१ गोलको बराबरी खेले ।








