यसअघि ट्रेलर नोभेम्बर १५ मा रिलिज हुने खबर आएको थियो तर अब यसको नयाँ मिति नोभेम्बर १७ तोकिएको छ । फिल्मका निर्माताले पोस्ट सेयर गरेका छन् ।
हालै निर्माण पक्षले सामाजिक सञ्जालमा फिल्मको बारेमा नयाँ अपडेट पनि दिएको थियो । फिल्ममा साउथकी सुन्दरी श्री लीलाको एउटा आइटम गीत पनि रहने बताइएको छ । निर्माताहरूले इन्स्टाग्राममा श्री लीलाको पोस्टर पनि सेयर गरेका थिए।
पिंकभिल्लाको रिपोर्टमा अल्लु अर्जुन नोभेम्बर १५ देखि १५ दिनको लागि पटना, कोच्ची, चेन्नई, बेंगलुरु, मुम्बई र हैदराबाद जाने बताइएको छ । यो अवधिमा उनले चलचित्रको प्रचारप्रसार गर्नेछन् ।
फिल्ममा कुनै कमी नहोस् भन्नका लागि पुष्प–२ को टोलीले हरेक तहमा चलचित्रको प्रचार प्रसार गर्न चाहेको प्रतिवेदनमा उल्लेख छ । डिसेम्बर ५ मा हलमा रिलिज हुने फिल्मले ठुलो सफलता हासिल गरोस् भन्ने फिल्मका निर्माताहरू चाहन्छन् ।
२०२१ मा रिलिज भएको ‘पुष्पा: द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म थियो। सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।