काठमाडौं ।
दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरेको छ । शुक्रबार राति भएको चौथो खेलमा १३५ रनको फराकिलो जित निकाल्दै भारतले श्रृंखला ३-१ ले जितेको हो ।
भारतले दिएको २८४ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ३६ तथा मार्को यान्सेनले अविजित २९ रन बनाए ।








