गृहपृष्ठ Featured नेसन्स लिग : शीर्ष श्रेणीमा फर्कियो इंग्ल्यान्ड

नेसन्स लिग : शीर्ष श्रेणीमा फर्कियो इंग्ल्यान्ड

काठमाडौं ।

गणतन्त्र आयरल्यान्डविरुद्ध ५–० को सहज जित निकाल्दै इंग्ल्यान्ड यूईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा उक्लिएको छ । आइतबार राति वेम्बली रंगशालामा इंग्लिस टिमलाई जित दिलाउन पाँच खेलाडीले गोल गरे । इंग्ल्यान्डले पाँचै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५३औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै ह्यारी केनले इंग्ल्यान्डलाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि नै एन्थोनी गोर्डेनले घरेलु टिमको अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा कोनोर गालाघेरले गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई ३–० मा राखे ।

७५औँ मिनेटमा जारोड बोेविनले इंग्ल्यान्डबाट चौथो गोल गरे । ७९औँ मिनेटमा टेलर हारविड बेलिसले गोल गरेपछि इंग्ल्यान्डले सहज जितसहित शीर्ष श्रेणीको यात्रा निश्चित गरेको हो । इंग्ल्यान्डबाट गोल गर्ने पाँच खेलाडीमध्ये गोर्डोन, गालाघेर, बोविन र बेलिसको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

जितसँगै ६ खेलबाट १५ अंक जोडेको इंग्ल्यान्ड लिग बी२ को शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंकको आयरल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार