गृहपृष्ठ Featured च्याम्पियन्स लिगमा सिटी, आर्सनल र बार्सा विजयी

च्याम्पियन्स लिगमा सिटी, आर्सनल र बार्सा विजयी

काठमाडौं । 

म्याचेस्टर सिटी युईएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा घरेलु टोली ह्यामरबीविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो। ह्यामरबीविरुद्ध जित निकालेको सिटी चार खेलमा १२ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा छ।

पराजित ह्यामरबी समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। टेली–२ एरिनामा भएको खेलमा सिटीलाई जित दिलाउन दुवै गोल खदिजा शले गरिन्। ह्यामरबीका लागि एलेन वाङ्गरहेमले शान्त्वना गोल फर्काइन्।

यही समूहको अर्को खेलमा बार्सिलोनाले सेन्ट पोल्टेनविरुद्ध ४–१ को सहज जित दर्ता गर्यो। यस्तै समूह सीको खेलमा आर्सनलले युभेन्टसलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा आर्सनलले युभेन्टस महिला टोलीविरुद्ध १–० गोलको जित निकालेको हो।

सम्बन्धित् समाचार