गृहपृष्ठ Featured म्यानचेस्टर सिटीको पोस्टमा टोटनहामको ४ गोल

म्यानचेस्टर सिटीको पोस्टमा टोटनहामको ४ गोल

प्रकाशित मिति:

इङ्लिस प्रिमियर लिगमा टोटनहामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा टोटनहामले म्यानचेस्टर सिटीलाई ४-० ले पराजित गरेको हो ।

टोटनहामका लागि जेम्स माडिसनले १३औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै २०औँ मिनेटमा अर्को गोल गर्दै उनले अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २-० ले अग्रता लिएको टोटनहामले दोस्रो हाफमा पुनः २ गोल गरो । खेलको ५२औँ मिनेटमा पेड्रो पोरो र इन्जुरी समयमा ब्रेनान जोनसनले गोल गरेसँगै टोटनहाम ४-० ले विजयी भएको हो ।

खेलमा सिटीले ५९ प्रतिशत र टोटनहामले ४१ प्रतिशत बल नियन्त्रणमा लिएको थियो । त्यस्तै सिटीले ९ र टोटनहामले ३ वटा कर्नर पाए पनि सिटी ४-० ले स्तब्ध बनेको हो ।

लिगअन्तर्गतकै अर्को खेलमा बर्नमाउथलाई ब्रिङटनले २-१ ले स्तब्ध पारेको छ । एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ ।

सम्बन्धित् समाचार