गृहपृष्ठ Featured रोनाल्डोको दुई गोलमा ‍अल-नासरको जित

रोनाल्डोको दुई गोलमा ‍अल-नासरको जित

प्रकाशित मिति:

साउदी प्रो-लिगमा अल-नासरले डामाकमाथि सहज जित निकालेको छ ।

कप्तान क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल-नासरले डामाकमाथि २-० गोलअन्तरको सहज जित निकालेको हो । खेलको १७औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल-नासरलाई सुरुवाती अग्रता लिएको थियो ।

डामाकका अब्देलकादर बेदरानेले डि-एरियाभित्र बल ह्यान्ड गरेपछि अल-नासरले पेनाल्टी पाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको अल-नासरले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ५६औँ मिनेटमा अब्देलकादर  रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि डामाक १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि खेलको ७९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि अल-नासरले डामाकमाथि सहज जित निकालेको हो । डामाकविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले करियरमा ९१५औँ गोल गर्न सफल भएका छन् ।

जितसँगै तालिकाको तेस्रो स्थानमा रहेको अल-नासरको १२ खेलबाट २५ अंक भएको छ । लिगको शीर्ष स्थानमा रहेको अल-इत्तिहादको ११ खेलबाट ३० अक छ । दोस्रो स्थानको अल-हिलालको ११ खेलबाट २८ अंक छ । पराजित डामाक भने १२ खेलबाट १४ अंकका साथ लिगको ११औँ स्थानमा छ ।

सम्बन्धित् समाचार