गृहपृष्ठ Featured उपनिर्वाचन : मध्याह्नसम्म ३० प्रतिशत मतदान

उपनिर्वाचन : मध्याह्नसम्म ३० प्रतिशत मतदान

प्रकाशित मिति:

स्थानीय तहको उपनिर्वाचनमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, मध्याह्न १२ बजेसम्म ३० प्रतशित मतदान भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहानैदेखि उत्साहजनक मतदान भइरहेको बताए।

“सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन्,” थपलियाले भने, “अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ।”

स्थानीइ तह उपनिर्वाचनमा आज बिहान ७ बजेदेखि मतदान शुरू भएको हो। बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

देशका विभिन्न स्थानीय तहका ४१ पदका लागि मतदान भइरहेको छ। उपनिर्वाचन तोकिएका ४४ मध्ये तीन पदमा भने निर्विरोध निर्वाचित भएका थिए।

नगरपालिका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका गरी ४१ पदका लागि २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार चुनावी मैदानमा छन्। उपनिर्वाचन भइरहेको क्षेत्रमा दुई लाख २६ हजार ७९९ मतदाता छन्।

सम्बन्धित् समाचार