गृहपृष्ठ Featured उप निर्वाचन ः कपिलवस्तुको शुद्धोधन १ मा एमालेका ताहिर बिजयी

उप निर्वाचन ः कपिलवस्तुको शुद्धोधन १ मा एमालेका ताहिर बिजयी

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनमा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् । उनले १ हजार १ सय ५० मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वण्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत पाएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए । त्यसै गरि जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ र जसपा नेपालका राम बहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन ।

 

आईतवार भएको निर्वाचनमा १ हजार ६ सय ६६ पुरुष र १ हजार ७ सय १३ महिला गरि ३ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए । ४ हजार ८ सय ६८ मतदाता रहेको वडाको निर्वाचनमा वडाध्यक्षका लागि दलका १० जना र स्वतन्त्र ४ जनागरी १४ जना उम्मेदवार थिए । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन भएको हो ।

सम्बन्धित् समाचार