गृहपृष्ठ Featured बानियाँ निमार्ण सेवाले गैरकानुनी काम गरेको भन्दै बन्द गर्न माग

बानियाँ निमार्ण सेवाले गैरकानुनी काम गरेको भन्दै बन्द गर्न माग

कपिलवस्तु ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बानियाँ निमार्ण सेवाले आफ्ना मातहतका निजी सवारी साधन बाहेक अन्य कालो प्लेट टिपर लगायतका सवारी साधनलाई डिजल विकी वितरण गरेको विषयमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष हिमाल गैरेले एक पत्र सार्वजनिक गर्दै

नियम विपरित टंकी राखेर टिपर एवं सवारी साधनमा डिजल बितरण गरेको भन्ने यो प्रकियाले समग्र पेट्रोलियम व्यवसायीलाई समेत व्यवसाय गर्न गाह्रो हुने बताएका छन् । यस्ता गैरकानुनी रुपमा बिक्री वितरण गर्ने व्यवसाय बन्द गर्ने वातावरण मिलाउन उनले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई उक्त पत्रमार्फत आग्रह समेत गरेका छन् ।

‘यस लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु लगायत अर्घाखांचीका पम्प व्यवसायी समेतको प्रेसित पत्र मार्फत जानकारी भए बमोजिम त्यस बानियाँ निमार्ण सेवाले चुनढुङ्गगा डम्पिङ्ग गर्ने स्थान अर्घाखांची शितगंगा १२ दरदरे डांडामा आफ्ना मातहतका निजी सवारी साधन बाहेक अन्य कालो प्लेट टिपर लगाएतका सवारी साधनलाई डिजल विकी वितरण गरेको भनी यस कार्यालयमा जानकारी गराएको हुदां यस एशोसिएशन समेतको गम्भिर ध्यानकर्षण भएको छ । यस्ता कार्यले गर्दा हामी डिलरलाई व्यवसायीक मर्का पर्नु स्वभाविक नै हो, यसरी नियम विपरित टंकी राखेर टिपर एवं सवारी साधनमा डिजल बितरण गरेको भन्ने यो प्रकियाले समग्र हामी पेट्रोलियम व्यवशायीलाई समेत व्यवसाय गर्न गाह्रो हुने हुदां यस्ता गैरकानुनी रुपमा बिक्री वितरण गर्ने व्यवसाय बन्द गर्ने वातावरण मिलाउनु हुन जानकारीका लागी हार्दिक अनुरोध गर्दछु,’ उक्त पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार