गृहपृष्ठ अन्तरास्ट्रिय खबर फुटबल खेलमा भागदौड हुँदा कम्तीमा ५६ को मृत्यु

फुटबल खेलमा भागदौड हुँदा कम्तीमा ५६ को मृत्यु

प्रकाशित मिति:

गुएना — रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको भागदौडमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु हुनेमा बच्चाहरूसमेत रहेका छन् ।

 

गुएना सरकारका अनुसार घटना आइतबार एक फुटबल खेलका क्रममा भएको थियो । सैनिक नेता ममाडी डोम्बोयाको सम्मानमा आयोजित प्रतियोगिताको फाइनलमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए । यसैक्रममा भागदौड र झपड चलेको थियो । गुएना सरकारले सोमबार मात्रै ५६ को मृत्यु भएको पुष्टि गरेको थियो । विवाद एउटा विवादास्पद गोलपछि सुरु भएको मानिएको छ । रेफ्रीले भ्रमणकारी टिम लाबेका दुई खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । यसैक्रममा रेफ्रीले पेनाल्टीको पनि निर्णय दिएका थिए । गुएनाका प्रधानमन्त्री ओरे बाहले घटनाको छानबिन गर्न आदेश दिएका छन् र दोषीलाई कडा कारबाही गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री बाहले घटना देशकै इतिहासको सबैभन्दा दुःखद रहेको बताएका छन् ।

पोखरा (कास)– कास्की जिल्ला टेनिस संघको आयोजनामा आईटीएफ वर्ल्ड टेनिस टुर जे–३० सर्किट १ र २ सोमबार पोखरामा सुरु भएको छ । पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सकिएको छ । टुरका शीर्ष वरीयताप्राप्त जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा हराए । गत वर्ष पनि नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । नेपाली खेलाडी सक्षमविक्रम शाहले भारतीय सौनक चटर्जीलाई ६–४, ३–६, ६–३ ले हराए ।

पहिलो चरणमा आयुष्मान घले भने भारतीय अमित मुन्दसँग ६–४, ६–४ ले पाराजित भए । भारतीय आदित्य मोरले आफ्नै देशका आरभ चावलालाई ३–६, ६–२, ६–३ ले पराजित गरे । नेपालका राजवीर प्रधान र निश्चल कायस्थ भारतीय खेलाडीसँग पराजित भए ।

गर्ल्सतर्फ नेपालका शिभाली गुरुङले भारतकी भ्रन्दिका राजपुतलाई ६–२, ६–० ले, चीनकी यूयू ल्यूले भारतकी नन्दीनी कन्सलाई ६–१, ४–६, ७–६ (४) ले र सुनीरा थापाले भारतकी नेभी दवासलाई ६–०, ६–० को सोझो सेटमा हराए । भारतकी रित अरोराले एन्जल पटेललाई ६–३, ६–३ ले, मंगोलियाकी मार्टा चोकसोम्जाभले भारतकी मानसी सिंहलाई ६–१, ६–० को सोझो सेटमा हराए ।

सम्बन्धित् समाचार