गृहपृष्ठ Featured शीर्ष स्थानमा बार्सिलोनालाई रियलसँग ४ अंकको अग्रता

शीर्ष स्थानमा बार्सिलोनालाई रियलसँग ४ अंकको अग्रता

प्रकाशित मिति:

स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले मालोर्काविरुद्ध फराकिलो जित निकालेको छ । बार्सिलोनाले मालोर्कालाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरेन टोरेस, फ्रेन्क डे जङ र पाउ भिक्टरले १/१ गोल गर्दा राफिनाले २ गोल गरे । मालोर्काको लागि भेदा६ मारिकीले ४३औँ मिनेटमा गोल गरे पनि पराजय टार्न सकेनन् ।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानका लागि रियल मड्रिडसँग ४ अंकको अग्रता लिएको छ । जारी सिजनमा १६ खेल खेलेको बार्सिलोनाले ३७ अंक जोडेको छ । १४ खेल खेलेको रियल मड्रिडले भने ३३ अंक जोडेको छ ।

तेस्रो स्थानको एट्लेटिको मड्रिडले ३२, चौथो स्थानको एथलेटिक क्लबले २६ र पाँचौँ स्थानको भिल्लारियलले २६ अंक जोडेको छ ।

सम्बन्धित् समाचार