गृहपृष्ठ Featured कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा  एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो ।

काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए ।

उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार