काठमाडौँ. ।
आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रूपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरे ।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध , महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झन्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ ।
फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागिता रहनेछ ।