गृहपृष्ठ Featured १३औं कपिलवस्तु डान्स आईडल : टप १२ बाट बाहिरिईन् सन्ध्या

१३औं कपिलवस्तु डान्स आईडल : टप १२ बाट बाहिरिईन् सन्ध्या

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१५ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलबाट सन्ध्या परियार बाहिरिएकी छिन् । सन्ध्या सोमबार टप १२ बाट बाहिरिएकी हुन् । सोमबार आईडलतर्फका १२ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको र तिमध्ये सन्ध्या परियार बाहिरिएको डान्स आईडल संयोजक विष्णु मल्लले वैखरीलाई जानकारी दिईन् ।

सन्ध्यालाई सम्मानपत्र र विभिन्न गिफ्ट हयाम्परसहित विदाई गरिएको उनले बताईन् ।

आज मंगलबार टप ११ जना प्रतिस्पर्धीहरुले आ-आफ्नो प्रस्तुति राख्ने जानकारी दिदैं संयोजक मल्लले तिमध्ये एक जना बाहिरिने जानकारी दिईन् ।

१३औं कपिलवस्तु डान्स आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुनेले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

यस्तै १५औं कपिलवस्तु महोत्सवको सातौं दिन अर्थात मंगलबार चर्चित आधुनिक गायिका एलिना चौहानसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार