युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ। गएराति जिरोनालाई १-० गोलले पराजित गर्दै लिभरपुलले जारी सिजनमा लगातार छैटौं जित निकालेको हो।
जिरोनाविरूद्धको जितमा मोहम्मद सलाहले गोल गरे। ६३ मिनेटमा जिरोनाका भ्यान डे बीकले डिबक्सभित्र लुइस डियाजलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो।
त्यसलाई सलाहले सदुपयोग गर्दा कडा प्रतिस्पर्धा भएको खेलमा लिभरपुलले एक गोलको जित निकालेको हो।
गएराति नै भएको खेलमा रियल मड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गर्दा लिभरकुसेनले इन्टरलाई १-० र साल्जबर्गलाई पिएसजीले ३-० गोलले पराजित गरेको थियो।
लिभरकुसेन १३ अंकसहित दोस्रो स्थानमा छ। एस्टन भिल्ला, इन्टर र ब्रिस्टको पनि १३ अंक नै छ। रियल मड्रिड १८ औं स्थानमा छ।