रुपन्देही।
लुम्बिनी प्रदेशले बनाएको निजामती सेवा ऐन कार्यान्वयनमा गएपछि जनशक्ति व्यवस्थापनको काम अघि बढेको छ ।
यसबाट प्रदेशमा देखा परेको कर्मचारीको अभावको समस्या समाधान हुने बलियो आधार तयार भएको छ । तर यसअघि प्रदेश सभाले सर्वसम्मत पारित गरेर प्रमाणीकरणका लागि पठाएको प्रदेश निजामती ऐन प्रदेश प्रमुखले फिर्ता गरेपछि त्यो कानुनको अन्यौलता हटेको छैन ।
नवौँ तहको परीक्षा सुरु भएको प्रदेश लोकसेवा आयोगका प्रवक्ता यमकान्त पाण्डेले जानकारी दिए। उनका अनुसार मंसिर २६ गतेदेखि नवौँ तहको परीक्षा सुरु गरिएको र पुस २१ गते सम्मको परीक्षा तालिका सार्वजनिक भएको छ । ३९ पदको लागि प्रशासन, वन, कृषि, स्वास्थ्य, ईञ्जिनियरिङ्गतर्फ परीक्षा सुरु भएको हो । अप्राविधिक अन्तरगत उपसचिवरनिर्देशक र प्राविधिकतर्फ डिभिजन वन अधिकृत, डिई, मुख्य कृषि प्रशार अधिकृतदेखि स्वास्थ्य शिक्षा प्रशासक सम्मको पदमा जनशक्ति व्यवस्थापन गरिन थालेको हो ।