गृहपृष्ठ Featured लुम्बिनी कर्णालीसंग पराजित

लुम्बिनी कर्णालीसंग पराजित

प्रकाशित मिति:

काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ।

कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।

ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल ३ रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा ८ रनमा आउट भए । कप्तान सोमपाल कामीले ७ रन जोडे ।

सम्बन्धित् समाचार