गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा शनिबार चर्चित गायक राजनराज सिवाकोटी आउने

कपिलवस्तु महोत्सवमा शनिबार चर्चित गायक राजनराज सिवाकोटी आउने

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगाा । 

१५औं कपिलवस्तु महोत्सवको एघारौं दिन शनिबार चर्चित आधुनिक गायक राजनराज सिवाकोटी आउने भएका छन् । शिवाकोटीले कुटुमा कुटु, सुर्के थैली खै, गोजीमा दाम छैन् लगायतका दर्जनौ दर्जन चर्चित गित गाएका छन् ।

शनिबार शिवाकोटीसंगै थारु गायिका अन्जु कुस्मी, नेपालकै होचो मान्छे, जादुगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

शुक्रबार चर्चित आधुनिक गायक प्रमोद खरेल, लोकदोहोरी गायिका बिष्णु श्रीपाली, हास्य कलाकार ुमाइला बा लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यसैबीच शुक्रबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका ८ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये अनुस्का थारु बाहिरिएको उनले जानकारी दिईन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार