गृहपृष्ठ Featured कर्णाली एनपीएलको प्लेअफमा प्रवेश

कर्णाली एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं ।

कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ ।

अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।

कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो ।

सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो र काठमाडौंको ढोका उघ्रिने थियो । तर, सुदुरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १२.२ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो ।

सम्बन्धित् समाचार