बुटवल ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा बुधबारदेखि २४औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा सुरु मेलामा पाँच सय स्टल रहेका छन् ।
दर्शकलाई सहजरुपमा अवलोकनका लागि मेलामा सहभागी स्टलहरुहरुलाई वस्तु तथा सेवाको प्रकृति अनुसार औद्योगिक उत्पादन, कृषि, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, गार्मेन्ट, जुत्ता, फूड एण्ड वेभरेज, अटोमोवाईल्स र होटलका छुट्टाछुट्टै १० वटा पेभिलियन बनाइएका छन् ।
पुस ३ गतेदेखि १६ दिनसम्म सञ्चालन हुने मेलाको ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने आयोजकको अपेक्षा छ ।