गृहपृष्ठ Featured बुद्धभूमिमा पौष १० र ११ गते निःशुल्क शल्यक्रियासहितको आँखा शिविर हुदैं (सुचनासहित)

बुद्धभूमिमा पौष १० र ११ गते निःशुल्क शल्यक्रियासहितको आँखा शिविर हुदैं (सुचनासहित)

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर हुने भएको छ । । उक्त शिविर नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुगंजको प्राविधिक सहयोगमा हुन लागेको हो ।

उक्त शिविर यही पौष १० र ११ गते वडा नम्बर २ गोरुसिंगेमा अवस्थित गौतमबुद्ध माविमा हुन लागेको नगरप्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय व्यवस्थापनमा निःशुल्क शल्यक्रियासहितको आँखा शिविर हुन लागेको बताउँदै नगरप्रमुख श्रेष्ठले मोतिविन्दु र आँखाको समस्या भएका नगरवासीलाई शिविरमा सहभागी भई फाईदा लिन अपिल समेत गरेका छन् ।

आँखा मानिसको एक महत्वपुर्ण संवेदनशिल अंग भएकाले यसको हेरचाह तथा संरक्षणमा विशेष चासो दिदैं सचेत हुनुपर्ने उनको भनाई छ ।

प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले शिविरमा आँखाको निशुल्क जाँच, मोतियाविन्दुको निशुल्क अप्रेसन, नि:शुल्क औषधी वितरण तथा परामर्श, नि:शुल्क चस्मा वितरण लगायतका सेवाहरु उपलब्ध गराईने बताए ।

यस्तो छ सुचना :

सम्बन्धित् समाचार