गृहपृष्ठ Featured बायर्नको शानदार जित

बायर्नको शानदार जित

काठमाडौं ।

जर्मनीको बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले विशाल जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्युनिखले रेड लेपेजलाई ५-१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा मुसैला, केलियन, किम्बिच,साने र अल्फोनोसले गोल गरे । लेपेजको तर्फबाट एकमात्र सान्त्वना गोल बेन्जिमीनले गरे ।

जितपछि बायर्न १५ खेलबाट ३६ अङ्क सहित तालिकाको पहिलो स्थानमा कायम छ भने लेपेज समान खेलबाट २७ अङ्क सहित चौथो स्थान पुगेको छ । दोश्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लेभरकुसेनको १४ खेलबाट २९ अङ्क छ ।

सम्बन्धित् समाचार