वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको कपिलवस्तु नगरपालिका- ११ बाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । आईतबार प्रहरीले ३४ बर्षीय अकवल अलिलाई पक्राउ गरेको हो ।
लागूऔषधको कारोबार हुदै छ भन्ने गोप्य सूचना प्राप्त गरेपछि प्रहरी निरिक्षक लोकेन्द्र जि.सी.को कमाण्डमा खटिएको टोलीले अलिलाई पक्राउ गरेको हो । निजको साथबाट प्लाष्टिक रहित ७.७३० ग्राम (७ ग्राम ७ सय ३० मिलिग्राम) खैरो रङको लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
७ दिनको म्याद थप गरि पक्राउ परेका अलिमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








