गृहपृष्ठ Featured विपक्षी खेलाडीलाई धक्का दिएको भन्दै कोहलीलाई कारबाही

विपक्षी खेलाडीलाई धक्का दिएको भन्दै कोहलीलाई कारबाही

काठमाडौं ।

अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा खेलाडीसँगको विवादले विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ ।

अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश जानाजान धक्का दिएको भन्दै आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ । एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिंदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ ।

आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ। लापरवाहीपूर्वक हिंड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लंघन गरेको मानिन्छ ।

भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरू भएको छ । ५ खेलको श्रृंखला १-१ को बराबरीमा रहेको अवस्थामा यो खेल श्रृंखलाको महत्वपूर्ण खेलका रूपमा समेत छ ।

सम्बन्धित् समाचार