गृहपृष्ठ Featured बाणगंगामा सस्वर छन्दबद्ध कविता वाचन प्रतियोगिता : कृष्ण घिमिरे भए प्रथम

बाणगंगामा सस्वर छन्दबद्ध कविता वाचन प्रतियोगिता : कृष्ण घिमिरे भए प्रथम

कपिलवस्तुको बाणगंगा नगरपालिकामा कवि शिरोमणी लेखनाथ पौडेलको १४१औं जन्मजयन्ती मनाईएको छ । आईतबार नगरपालिकाको सभाहलमा सस्वर छन्दबद्ध कविता वाचन प्रतियोगिताको आयोजना गरि पौडेलको १४१औं जन्मजयन्ती मनाईएको हो ।

उक्त प्रतियोगितामा शिक्षक कृष्ण घिमिरे प्रथम, बाणगंगा माध्यमकि विद्यालय सिद्धिपुरकी विद्यार्थी पृष्टिला दर्नाल द्धितीय, शिक्षिका राधा पाण्डे तृतीय र शिक्षक लेखनाथ घिमिरेले सान्त्वना स्थान हासिल गरेको शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले जानकारी दिए । उनीहरुलाई क्रमश ३ हजार, २ हजार ५ सय, २ हजार र १५ सय रुपैयासहित प्रमाण पत्रले सम्मान गरिएको उनले बताए । प्रतियोगितामा शिक्षक तथा विद्यार्थी गरि १० जना प्रतिस्पर्धीहरु सहभागी थिए ।

बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त प्रतियोगितालाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले कवि लेखनाथ पौडेलको सिर्जनाहरुमा बास्ताविकता झल्किएको बताए । उनले नगरमा साहित्यलाई बैभवशाली बनाउन यो प्रतियोगिता आयोजना गरिएको बताए ।

उहाले नयाँ युवा पुस्तालाई साहित्यप्रति जागरुक बनाउने उद्धेश्यले बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको बताए ।

नगर उपप्रमुख रिता कुमारी चौधरीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताईन् । साहित्यले मानिसलाई अनशासित बनाउने बताउदै उनले अब आउने नयाँ पिढीलाई साहित्य अनुरागी बन्न कवि शिरोमणी लेखनाथ पौडेल सबैका लागि प्रेरणाका स्रोत भएको बताईन् ।

बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालीले अब प्रज्ञा प्रतिष्ठानले प्रज्ञादिप प्रकाशन गर्ने बताउदै मानव जातीलाई शिक्षा दिने लेख, सिर्जनातर्फ लाग्न आग्रह गरे ।

सम्बन्धित् समाचार