मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले पराजित गरेको छ । यससँगै बोर्डर गावस्कर ट्रफीमा अस्ट्रेलियाले भारतविरुद्ध २-१ को अग्रता लिएको छ ।
अस्ट्रेलियाले जितका लागि भारतलाई १५५ रनको लक्ष्य दिएको थियो । जसमा भारत १५५ रनमा समेटिएसँगै अस्ट्रेलिया विजयी भएको हो । दोस्रो पारीमा भारतका लागि यसस्वी जयसवालले ८४ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै रिशव पन्तले ३० रनको पारी खेल्दा वासिङ्टन सुन्दर ५ रनमा नटआउट रहे । भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसकेपछि अस्ट्रेलियाले जित निकालेको हो ।
पहिलो पारीमा अस्ट्रेलियाले स्टिभन स्मिथको शतक तथा साम कोन्सटास, उसमान ख्वाजा र मार्नस लाबुसानकेको अर्धशतकमा ४७४ को विशाल योगफल बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको भारतले नितिश कुमार रेड्डीको शतक तथा वासिङ्टक सुन्दर र यसस्वी जयसवालको अर्धशतकमा ३६९ रन बनाएको थियो ।
.jpg)
अस्ट्रेलियाले दोस्रो इनिङ्समा २३४ रन बनाएकोमा भारत दोस्रो इनिङ्समा १५५ रनमा समेटिएपछि अस्ट्रेलियाले १८४ रनको जित निकालेको हो ।
पहिलो इनिङ्समा भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिँदा रविन्द्र जडेजाले ३ तथा आकाशदीपले २ विकेट लिए । वासिङ्टन सुन्दरले पनि १ विकेट लिए । त्यस्तै दोस्रो इनिङ्समा बुमराहले ५ विकेट लिँदा मोहम्मद सिराजले ३ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।
उता अस्ट्रेलियाका लागि पहिलो इनिङ्समा प्याट कमिन्स, स्कट बोलान्ड र नाथन लायनले समान ३/३ विकेट लिए । त्यस्तै दोस्रो इनिङ्समा कमिन्स र बोलान्डले ३/३ विकेट लिँदा नाथन लियनले २ विकेट लिए । उता मिचेल स्टार्क र ट्राभिस हेडले १/१ विकेट लिए ।








