गृहपृष्ठ Featured यसबर्ष गुल्मीमा साढे २४ करोड बराबरको सुन्तला उत्पादन

यसबर्ष गुल्मीमा साढे २४ करोड बराबरको सुन्तला उत्पादन

प्रकाशित मिति:

गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन्। गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन्।

जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए।

गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए।

गुल्मीबाट गत वर्ष १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो।

सम्बन्धित् समाचार