दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा बेनफिकालाई ५-४ गोलले पराजित गरेको छ ।
पहिलो हाफमा ३-१ गोलले पछि परेको बार्सिलोनालाई लेवन्डोस्की र राफिन्हाले उद्धार गरे । खेलको पहिलो हाफमा नै बेनेफिकाका ग्रिक खेलाडी पाभलिडिसले ह्याट्रिक गरेपछि बार्सिलोना दबाबमा परेको थियो ।
तर दोस्रो हाफपछि बार्सिलोनाले लगातार चार गोल गरेपछि बेनफिकालाई पराजित गर्न सहज वातावरण बन्यो । बार्साको लागि राफिन्हा र लेवन्डोस्कीले समान २-२ गोल गर्दा गार्सियाले एक गोल गरे ।
बुधवार बिहान भएको च्याम्पियन्स लिगको अन्य खेलहरुमा पिएसभी, मोनाको, एटलान्टा, बोल्गाना, एट्लेटिको मेड्रीडले जित हासिल गरेका छन् ।