गृहपृष्ठ खबर बाणगंगा नगरपालिका : निष्पक्षताका साथ न्याय निरुपण गर्दै न्यायिक समिति

बाणगंगा नगरपालिका : निष्पक्षताका साथ न्याय निरुपण गर्दै न्यायिक समिति

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको न्यायिक समिति उजुरी फर्छयौटमा अब्बल देखिएको छ । दर्ता भएका अधिकांश उजुरी फर्छयौट गर्न न्यायिक समितिले मेहेनतका साथ काम गरेको न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख रिताकुमारी चौधरीले बताईन् ।

उनले आर्थिक बर्ष २०८१÷०८२ को हालसम्म दर्ता भएका १८ वटा उजुरीमध्ये १३ वटा विवाद फर्छयौट भईसकेको जानकारी दिईन् । उनका अनुसार जग्गा विवादका ८, पतिपत्नी, अंशवण्डा तथा घरेलु सम्बन्धका ३, घरेलु तथा महिला हिंसा र साँध सिमानाका १÷१ वटा गरि १३ वटा विवाद फर्छयौट भएका हुन् । उनले ५ वटा विवाद फर्छयौट हुने प्रक्रिया रहेको जानकारी दिईन् ।

उनले बाणगंगा नगरपालिकामा जग्गा विवादकै उजुरी अधिक रुपमा आउने गरेको बताईन् । न्यायलाई छिटो छरितो र सर्वसुलभ बनाउन गठन भएको ‘स्थानीय न्यायिक समिति’ ले संविधानको परिकल्पनाअनुसार नै जिम्मेवारी बहन गरेको उनको दाबी छ । उनले समितिमा प्राप्त उजुरीलाई प्राथमिकताका साथ न्याय निरुपण हुँदै आएको बताइन् ।

उनले न्यायिक समितिले स्वच्छ र निष्पक्षताका साथ काम गर्दै आएको बताईन् । उनले उजुरी पर्न साथ दुवै पक्षलाई विश्वासमा लिएर न्याय सम्पादनको काम गर्ने गरेको बताईन् ।

उनले हालसम्म न्याय सम्पादनका क्रममा कुनै विवादित काम नगरेको जिकिर गरिन् । उनले कहीकतै अन्याय सहेर न्याय नपाएका नगरवासीलाई न्यायका लागि आफुलाई सम्पर्क गर्न समेत आह्वान गरिन् ।

बाणगंगामा उपप्रमुख चौधरीको संयोजकत्वमा रहेको ३ सदस्यीय न्यायिक समितिले न्यायिक निरुपणको काम प्रभावकारी बनाउँदै लगेको छ ।

सम्बन्धित् समाचार