गृहपृष्ठ Featured फुलहामविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

फुलहामविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई पराजित गरेको छ । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले १-० को जित निकालेको हो ।

खेलको ७८औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लिजान्द्रो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्दा फुलहाम पराजित भएको हो ।

त्यस्तै एस्टन भिल्ला र वेस्टहामबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । ब्रेनफोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दा लिसेस्टर सिटीले टोटनहामलाई २-१ ले पराजित गर्‍यो ।

अंकतालिकामा भने लिभरपुल शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा आर्सनल छ भने नोटम फरेस्ट तेस्रो तथा म्यानचेस्टर सिटी चौथो स्थानमा छ । न्युकासल अंकतालिकाको पाँचौँ स्थानमा छ ।

सम्बन्धित् समाचार