स्पेनिस ला लिगामा इस्पानियोलले शीर्ष स्थानको रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको खेलमा इस्पानियोल १-० ले विजयी भएको हो ।
खेलको ८५औँ मिनेटमा इस्पानियोलका कार्लोस् रोमेरोले निर्णायक गोल गरेका थिए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि रियलले १-० को पराजय व्यहोरेको हो ।
त्यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले मालोर्कालाई २-० ले पराजित गर्यो । भिल्लारियलले भालाडोलिडलाई ५-१ ले पराजित गर्दा गेटाफे र सेभिल्लाबीचको खेल भने गोलरहीत बराबरीमा सकियो ।
अंकतालिकामा रियल मड्रिड शीर्ष स्थानमा यथावत छ । त्यस्तै दोस्रो स्थानमा एट्लेटिको मड्रिड, तेस्रो स्थानमा बार्सिलोना छ भने चौथो स्थानमा एथ्लेटिक क्लब र पाँचौँ स्थानमा भिल्लारियल छ ।