बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- २ पिपरामा अवस्थित कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा खेलकुद सप्ताह सुरु भएको छ । सोमबार औपचारिक रुपमा खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।
एच.ए., फार्मेसी, ल्याब टेक्निसियन संकायका प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको खेलकुद सप्ताहमा क्रिकेट, भलिबल, म्युजिकल चेयर डान्स, सटपुट, चेस, लुडो, क्यारमबोड, स्लो साइकल रेस लगायतका खेलहरु समावेश छन्।
खेलकुद सप्ताहको उद्घाटन गर्दै निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा कपिलवस्तु टेक्निकल इन्स्टिच्युटका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापको महत्वमाथि प्रकाश पारे।
इन्स्टिच्युटका प्रशासकिय प्रमुख पुनित कुमार मिश्रले खेलकुदले विद्यार्थीहरुमा अनुशासन, टिमवर्क र नेतृत्व क्षमताको विकास गराउने बताए । इन्स्टिच्युटका प्रिन्सिपल अर्जुन पौडेलले खेलले विद्यार्थीहरुमा टिमवर्क, अनुशासन, र नेतृत्व जस्ता गुणहरुको विकास गराउने र खेलकुद सप्ताह विद्यार्थीहरुको लागि एउटा अविस्मरणीय अनुभव हुनेछ बताए ।
खेलकुद २० देखि२५ गते समापन हुने खेलका संयोजक विक्रम घिमिरेले जानकारी दिए। वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटले एच.एच.,फार्मेसी, ल्याव टेक्निसिनय, फिजियोथेरापी, अमिन कोषहरु संचालन गर्दै आएको छ ।