स्पेनिस ला लिगामा जिरोनाले लास पाल्मसलाई पराजित गरेको छ । गए राति भएको खेलमा जिरोनाले पाल्मसविरुद्ध २-१ गोलको जित निकालेको हो ।
खेलको ८औँ मिनेटमा जिरोनाका एवेल रुइजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ७९औँ मिनेटमा जिरोनाका यासेर एस्प्रिलाले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्याए । ८२औँ मिनेटमा लास पाल्मसका फाबिओ सिल्भाले गोल गरे पनि पराजय टार्न सकेनन् । यससँगै जिरोना २-१ ले विजयी भयो ।
अंकतालिकामा भने रियल मड्रिड शीर्ष स्थानमा रहँदा एट्लेटिको मड्रिड दोस्रो, बार्सिलोना तेस्रो, एथ्लेटिक क्लब चौथो तथा भिल्लारियल पाँचौँ स्थानमा छन् ।