गृहपृष्ठ अन्तरास्ट्रिय खबर बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए

बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए

काठमाडौँ — बंगलादेशमा फेरि हिंसा सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीले बुधबार राति उनका पिता शेख मुजीबुर्रहमानको ढाकास्थित घर धानमण्डी–३२ मा आगो लगाएर ध्वस्त पारेका छन् ।

 

प्रदर्शनकारीले बुधबार मध्यरात र बिहीबार देशभर शेख हसिनाको पार्टी अवामी लिगका नेताहरुका घरमा तोडफोड गर्दै मुजीबुर्रहमानको भित्तेचित्र विकृतसमेत गरेका छन् ।

भारतमा रहेकी हसिनाको एक अनलाइन कार्यक्रम सुरु हुनुअघि उक्त हिंसा सुरु भएको हो । बंगलादेशको प्रमुख अखबार ‘द डेली स्टार’ले लेखेको छ, ‘सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार उक्त प्रदर्शन हसिनाको बंगलादेशविरोधी गतिविधिका कारण गरिएको हो ।’

शेख हसिनाका विरोधीले भारतमा बसेर हसिनाले बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाड्नुपरेको थियो । उनी गत अगष्ट ५ मा भारत पुगेकी थिइन् ।

सम्बन्धित् समाचार