गृहपृष्ठ खबर ताइचिन चिउराको मूल्य बढ्यो

ताइचिन चिउराको मूल्य बढ्यो

बजारमा ताइचिन चिउराको मूल्य बढेको छ। नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकले यस्तो देखाएको हो।

संघको तथ्यांक अनुसार १५ दिनको तुलनामा ताइचिन चिउरा प्रतिकिलो दश रूपैयाँले बढेको छ।

माघ १५ गते बजारमा ताइचिन चिउरा प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको थियो भने फागुन १ गते आइपुग्दा प्रतिकिलो एक सय ६० रूपैयाँ पुगेको छ।

तराई चिउराको मूल्य भने प्रतिकिलो दश रूपैयाँले घटेको छ।

माघ १५ गते बजारमा तराई चिउरा प्रतिकिलो एक सय रूपैयाँमा कारोबार भएको थियो। फागुन १ गतेको तथ्यांक हेदा तराई चिउरा प्रतिकिलो ९० रूपैयाँमा बिक्री भइरहेको छ।

खाजाको रूपमा चिउरा बढी प्रयोग हुने गरेको छ। तुलनात्मक रूपमा दसैंमा चिउरा बढी खपत हुन्छ।

सम्बन्धित् समाचार