गृहपृष्ठ Featured लेस्टर सिटीमाथि आर्सनलको सहज जित

लेस्टर सिटीमाथि आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीमाथि सहज जित निकालेको छ ।

किंग पावर स्टेडियममा भएको खेलमा आर्सनलले घरेलु टिम लेस्टर सिटीमाथि २-० को सहज जित निकालेको हो । आर्सनलका लागि दुवै गोल मिकेल मेरिनोले गरेका थिए ।

खेलको ८१औँ मिनेटमा गोल गर्दै मिकेल मेरिनोले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८७औँ मिनेटमा मेरिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल लेस्टर सिटीमाथि २-० को सहज जित निकाल्न सफल भयो ।

जितसँगै लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलबाट ५३ अंक भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५७ अंक छ । पराजित लेस्टर सिटी भने २५ खेलबाट १९ अंकका साथ रेलिगेसन जोनमा छ ।

सम्बन्धित् समाचार