गृहपृष्ठ अन्तरास्ट्रिय खबर माली सुनखानीमा दुर्घटना, ४८ जनाको मृत्यु

माली सुनखानीमा दुर्घटना, ४८ जनाको मृत्यु

प्रकाशित मिति:

बामाको — पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुनखानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्येको एक हो । मालीका सुन उत्खनन स्थलहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् ।

 

विश्वका सबैभन्दा गरीब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले संघर्ष गरिरहेका छन् । ‘पहिरोका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ,’ एक प्रहरी अधिकारीले भनेका छन्, ‘केही पीडितहरू पानीमा खसेका छन् । तीमध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा समेत थियो ।’

स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गर्दै पीडितहरूको खोजी जारी रहेको बताएका छन् । स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको खानीमा भएको हो ।

सम्बन्धित् समाचार