वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगामा प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिता हुने भएको छ ।
यही फागुन ५ गतेबाट बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा वडा नम्बर १ को आयोजना प्रथम वडा अध्यक्ष रनिङ्ग कप फुटवल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा बाणगंगा नगरपालिकाका ११ वटा वडाको सहभागिता रहने आयोजक वडा नम्बर १ का अध्यक्ष सञ्जु कुमार शारुले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने नगद रु १ लाख शिल्ड मेडल र प्रमाण पत्र र द्धित्तिय हुनेले नगद रु ५० हजार शिल्ड मेडल र प्रमाण पाउने अध्यक्ष शारुले बताए । प्रतियोगिता ५ गतेबाट सुरु भई १० गतेसम्म सञ्चालन हुने बताइएको छ ।








