वैखरी अनलाइन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा जारी प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगितामा वडा नं.४ ले विजयी सुरुवात गरेको छ । वडा नं.१ को आयोजनामा भएको उक्त प्रतियोगितामा मंगलबार भएको खेलमा वडा नं.९ लाई ३−२ गोलले पराजित गर्दै वडा नं.४ विजयी भएको हो ।
वडा नं.४ को जितमा मिलन काउचा मगरले २ गोल गरेका हुन् भने सुमित मल्लाहले एक गोल गरे । वडा नं.९ का लागि निखिल नेपाली र सुजन डाँगी मगरले एक÷एक गोल गरेका हुन् ।
पहिलो हाफमा १−० गोलले पछि परेको वडा नं.४ ले दोस्रो हाफमा कमब्याक गर्दै लगातार ३ गोल गरेर विजयी भएको हो । वडा नं.४ को जितमा नायक बनेका मिलन नै म्यान अफ दि म्याच’ घोषित भए । यस्तै मंगलबार आज भएको अर्को खेलमा वडा नं.७ विजयी भएको छ । वडा नं.११ निर्धारित समयमा उपस्थित नभएपछि वडा नं.७ लाई स्वतः विजयी घोषणा गरिएको हो ।
वडाध्यक्ष सन्जु कुमार सारु मगरले बुधबार दिउँसो १२ बजे वडा नं.३ र ५ तथा दिउँसो ३ बजे वडा नं.७ र १० बीच खेल हुने जानकारी दिए ।
प्रतियोगिताको उपाधि जित्ने वडाले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छ । सोमबारदेखि सुरु भएको यस प्रतियोगिता आगामी फागुन १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।








