गृहपृष्ठ Featured रियल अन्तिम १६ मा

रियल अन्तिम १६ मा

च्याम्पियन्स लिगको प्लेअपमा स्पेनिस क्लब रियल मड्रिडले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मड्रिड स्टार केलियम एम्बाप्पेको ह्याट्रिक गरेपछि रियलले विशाल जित दर्ता गरेको हो ।

एम्बाप्पेले ४,३३ र ६१ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । समग्रमा ६-३ को जित निकाल्दै रियलले जित निकालेको हो ।
गएराति नै भएको अर्को खेलमा फ्रेन्च क्लब पिएसजीले ब्रेस्टलाई ७-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
समग्रमा १०-० को जित निकाल्दै पिएसजीले अन्तिम १६ मा स्थान बनाएको हो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा स्पोटिङ सिपीसँग बराबरी खेल्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि अन्तिम-१६ मा पुगेको छ।

सम्बन्धित् समाचार