गृहपृष्ठ खबर प्रथम वडाध्यक्ष रनिङ्ग फुटवलको उपाधिका लागि वडा नं.२ र ४ भिड्ने

प्रथम वडाध्यक्ष रनिङ्ग फुटवलको उपाधिका लागि वडा नं.२ र ४ भिड्ने

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा जारी प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नं.२ र ४ भिड्ने भएका छन् । वडा नं.१ को आयोजनामा भएको यस प्रतियोगितामा शुक्रबार भएका दुई सेमिफाईनल खेलबाट फाईनल यात्रा तय गर्ने दुई टोलीको टुङ्गो लागेको हो ।

पहिलो सेमिफाईनल खेलमा वडा नं.१० लाई पराजित गर्दै वडा नं.४ फाईनलमा पुगेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट भएको हो ।

पहिलो सेमिफाईनल खेलमा वडा नं.४ का गोलरक्षक दिपक राना ‘म्यान अफ दि म्याच’ घोषित भए । यस्तै आज शुक्रबार भएको दोस्रो सेमिफाईनल खेलमा वडा नं.१ लाई २–१ गोलले पराजित गर्दै वडा नं.२ ले वडा नं.३ संगको भेट पक्का गरेको छ । वडा नं.२ को जितमा गोविन्द पालुङ्गे र सुरेश थारुले एक÷एक गोल गरेका हुन् भने वडा नं.१ का लागि श्याम सोमराईले एक गोल गरे ।

यस खेलमा वडा नं.२ को जितमा एक गोल गरेका सुरेश नै ‘म्यान अफ दि म्याच’ घोषित भए । प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नं.२ र ४ शनिबार भोलि दिउँसो २ बजे खेल्ने वडाध्यक्ष सन्जु कुमार सारुले जानकारी दिए ।

प्रतियोगिताको उपाधि जित्ने वडाले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छ ।

सम्बन्धित् समाचार