गृहपृष्ठ खबर बाणगंगा : प्रथम उपमेयर कप खुल्ला महिला भलिवलको उपाधि हिलबर्टले जित्यो

बाणगंगा : प्रथम उपमेयर कप खुल्ला महिला भलिवलको उपाधि हिलबर्टले जित्यो

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको प्रथम उपमेयर कप खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधि हिलबर्ट ईग्लिस बोर्डिङ्ग स्कुल पिपराले जितेको छ । शुक्रबार बुद्धरंगशालामा भएको फाईनल खेलमा हिलबर्टले एभरेष्ट ईग्लिस बोर्डिङ्ग स्कुल बुटवललाई ३-० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो ।

उपाधि हात पारेसंगै हिलबर्टले नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

 

उपविजेता बनेको एभरेष्टले ५० हजार, तृतीय हुने न्यु होराईजन क्लव बुटवलले ३० हजार र सान्तवना हुने कान्ति मावि बुटवलले १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।

खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको यो पहिलो प्रयास भएको बताए ।

उनले यस प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । राष्ट्रिय स्तरका खेलाडी समेत यस प्रतियोगितामा सहभागी भएको भन्दै उनले भने, ‘भलिबल क्षेत्रमा भविष्य खोज्नेहरुलाई यस प्रतियोगिताले थप प्रेरणा दिने छ ।’

यसै प्रतियोगिताका कारण कपिलवस्तुकै ईतिहासमा यसरी राष्ट्रिय स्तरका खेलाडीको खेल प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर समेत सिर्जना भएको भन्दै उनले खुशी व्यक्त गरे ।

बाणगंगा नगरपालिकाले खेल क्षेत्रलाई स्रोत र साधनका दृष्टिकोणले महत्वपूर्ण स्थान दिएको उनले जिकिर गरे ।

यस्तै उपप्रमुख रिता कुमारी चौधरीले यस प्रतियोगिताले महिला भलिबल क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको बताईन् । उनले यस प्रतियोगितालाई निरन्तर रुपमा संचालन गर्ने बताईन् ।

उनले यस प्रतियोगिता आफ्नो खेल सिपमा निखारता ल्याउने महत्वपूर्ण सावित भएको बताईन् ।

सम्बन्धित् समाचार