गृहपृष्ठ Featured एस्टन भिल्लाको पुनरागमन जित

एस्टन भिल्लाको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगमा चेल्सी फेरि पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले चेल्सीमाथि २-१ को पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

खेलको ९औँ मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७औँ मिनेटमा एस्टन भिल्लाका लागि मार्को एसेन्सियोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८९औँ मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्लालाई २-१ को पुनरागमन जित दिलाएका हुन् ।

जितसँगै एस्टन भिल्ला २७ खेलबाट ४२ अंकका साथ लिगको सातौँ स्थानमा उक्लिएको छ । पराजित चेल्सी भने २६ खेलबाट ४३ अंकका साथ लिगको छैटौँ स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको भने २६ खेलबाट ६१ अंक छ ।

सम्बन्धित् समाचार