गृहपृष्ठ Featured ‘लाज शरणम्’ लाई प्रदर्शन अनुमति

‘लाज शरणम्’ लाई प्रदर्शन अनुमति

प्रकाशित मिति:

काठमाडौं ।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् ।

बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए ।

फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताए ।

सेन्सर बोर्ड अध्यक्ष ठाकुरले पाटन उच्च अदालतले अहिलेसम्म आफूहरूलाई निर्णयबारेको जानकारी नमागेको तर मागेको खण्डमा कानुनअनुसार दिने बताए ।

सम्बन्धित् समाचार